भारतमा कोरोनाको खोपको साइड इफेक्ट,अस्पताल नै भर्ना हुनुपर्ने अवस्था

नेपाल दर्शन
४ माघ २०७७, आईतवार

नयाँदिल्ली– भारतमा कोरोना महामारीकै बीचमा खोप अभियान पनि प्रारम्भ भैसकेको छ ।

हिजो शनिवार अर्थात पहिलो दिन स्वास्थ्यकर्मीलाई उक्त खोप लगाइएको थियो । तर धेरै मानिसमा उक्त खोपको प्रतिकूल प्रभाव पनि देखियो ।

केन्द्रिय स्वास्थ मन्त्रालयले कोरोना खोपपछि आईतबार साँझसम्म कुल ४ सय ४७ जनामा प्रतिकूल प्रभाव देखिएको बताएको छ ।

जसमध्ये तीन जना मानिसलाई अस्पताल भर्ना गर्नु परेको छ ।

योभन्दा पहिला दिल्लीमा ५२ जना स्वास्थकर्मीलाई खोप लगाएपछि समस्या देखिएको खबर आएको थियो ।

जसमध्ये केहिलाई एलर्जीको समस्या देखिएको थियो भने कसैलाई छटपटी भएको थियो ।

ती मध्ये एक जना स्वास्थ्यकर्मीलाई अस्पताल पठाउन पर्ने अवस्था पनि आएको थियो ।

फेसबुक प्रतिक्रिया