सार्वजनिक सवारी–साधन चल्न दिने गरी काठमाडौंमा फेरि निषेधाज्ञा थप्ने तयारी

नेपाल दर्शन
५ असार २०७८, शनिबार

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरेका हुन् ।

उपत्यकाभित्र हाल जारी निषेधाज्ञालाई नै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । पछिल्लो समय उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको छ ।

एकैपटक निषेधाज्ञा हटाइहाल्यो भने पुनः कोरोना महामारी नियन्त्रण बाहिर जानेमा आफूहरु सजग रहेको प्रजिअ पराजुलीको भनाइ छ । तर, चरणबद्ध निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने आफूहरुको योजना रहेको प्रजिअ पराजुलीले बताउनुभयो । यसबारेमा आइतवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक बसेर निर्णय गरिने उहाँले बताउनुभो ।

उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ ।

गत बुधबारको सीसीएमसीको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन समेत चल्न दिने गरी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । तर कुन मोडालिटी अपनाउने भन्नेबारेमा कुनै टुङ्गो लागेको छैन ।

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.