आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

नेपाल दर्शन
८ असार २०७८, मंगलवार

काठमाडौं। सरकारले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। यही साताको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक र बाह्य उडान खोल्ने निर्णय गरेको हो।

निर्णयअनुसार अब कोटा तोकेर हवाई उडान सञ्चालन हुनेछन्। जसअनुसार आन्तरिकतर्फ कुल उडानको ५० प्रतिशतमा नबढ्ने गरी र अन्तराष्ट्रियतर्फ कोटा तोकेर उडान खोलिनेछ। उडानको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ।

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.