पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल दर्शन
९ असार २०७८, बुधबार

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।

मूल्य वृद्धिपश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ । त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दाबी गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति

oinigam.jpg

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.