विदेशीहरूलेसमेत पढाउने स्कुल:दुर्गा शैक्षिक गृह

नेपाल दर्शन
११ आश्विन २०७८, सोमबार

रूपन्देहीकाे सियारी गाउँपालिकाको लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृह स्थापनाकाे छोटो समयमा नै शिक्षा र खेलकुद जगत्मा कीर्तिमानी कायम गरेको छ।वि.स.२०५९ सालमा स्थापित यस स्कुलले वि.स.२०७१/७२ र ७३ सालको राष्ट्रपति कप लगातार तीन पटक जितेर रनिङ् शिल्डसमेत सदाका लागि आफ्नो बनाउन सफल भएको छ।

अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुद र बौद्धिक जगत्मा जिल्ला,क्षेत्र र राष्ट्रिय स्तरमै ख्यातिप्राप्त यो शैक्षिक संस्था झण्डै १४ बिघाको क्षेत्रफलमा विस्तारित छ।चाहे रेप्सा महोत्सव होस् चाहे सियारी शैक्षिक महोत्सव होस् यसै विद्यालयका विद्यार्थीले नै अब्बलता कायम गरी बाजि मारेका छन्।जिल्ला स्तरीय वक्तृत्वकला,कविता प्रतियोगिता र अन्य अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरू प्रथम,द्वितीय र तृतीय स्थानमा परेकै देखिन्छन्। भाइबहिनीहरूका अङ्ग्रेजी भाषाको उच्चार्य सामर्थ्य र अङ्ग्रेजी भाषीसरह बोल्ने कलाकाे विकास हेतु विद्यालयले बेलाबेलामा बेलायती र अमेरिकन भाषाविद् लाईसमेत बोलाउने गरेको पाइन्छ।निजी तथा आवासीय विद्यालयहरूको क्षेत्रगत भौतिक पूर्वाधारमा दुर्गा शैक्षिक गृह नेपालकै अब्बल शैक्षिक क्षेत्रको कोटिमा पर्ने लगानीकर्ताहरूको ठहर छ।

भौतिक सम्पन्नताका साथसाथै गुणस्तरीय शिक्षामा कटिबद्ध यो संस्थाको प्रवेशिका परीक्षा र एस्. ई. ई.को लगातारको नतिजा उस्तै अब्बल रहेको छ।सियारी गाउँपालिकामा सदैव प्रथम र जिल्लामै अब्बल प्रतिस्पर्धीकाे रूपमा उभिन सफल दुर्गा शैक्षिक गृह एक मात्र यस्तो स्कुल हो जहाँका विद्यार्थीहरू शैक्षिक र खेलकुद सामर्थ्यलाई प्रदर्शन गर्न भारतलगायत जापान आदि देशहरूमा नियमित रूपमा सहभागी हुने गर्छन्।यो विद्यालयको एउटा मात्र उद्देश्य अन्तर्राष्ट्रिय जगत्मा खपत हुने दक्ष जनशक्तिको उत्पादन रहेको विद्यालयकी अध्यक्ष तथा मन्टेश्वरी शिक्षण पद्धति र आरसिसिटिम विधिकी अभियन्ता सुजाता ज्ञवाली भन्नुहुन्छ।

संस्थाकी अध्यक्ष शिक्षा क्षेत्रमा दुई दशक बिताइसकेकी लामो अनुभव सङ्केन्द्रण गरेकी शैक्षिक अभियन्ता हुनुहुन्छ। विद्यालयका प्रमुख योजनाकार तुलसी ज्ञवाली भन्नुहुन्छ- “अन्तर्राष्ट्रिय जगत्मा खपत हुनु सक्ने दक्ष जनशक्तिको उत्पादनमा ऐनकेनप्रकारेण हामी लागेको र पूर्वप्राथमिक तहका लागि छुट्टाछुट्टै अत्याधुनिक प्रविधिमैत्री थप पूर्वाधारको विकासमा विद्यालय प्रशासनले गुरुयोजनाको प्राथमिकतामा पहिलो प्राथमिकतामा पारेको शैक्षिक परियोजना छिट्टै कार्यान्वयनमा ल्याइने छ।” अनुशासनलाई पहिलो प्राथमिकतामा राखी नैतिक मूल्यमान्यतामा आधारित एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिमा आधारित जीवनमुखी र व्यावसायिक शिक्षामा जोड दिइँदै आइरहेको कुरा विद्यालयका निर्देशक एवं नेपाल सरकारका सेवा निवृत्त इन्जिनियर राजन ज्ञवाली बताउनुहुन्छ।

दुर्गा शैक्षिक गृहका प्राचार्य अङ्ग्रेजी र नेपाली विषयका विशेषज्ञ वरिष्ठ साहित्यकार कविराज पौडेल भन्नुहुनुहुन्छ- “हामी अब्बल छौँ।हाम्रो अब्बलता हाम्रो मिहिनेत र हामीबाट उत्पादित विद्यार्थीहरूले देखाएको शैक्षिक र खेलकूल उत्कृष्ट प्रदर्शन नै हो।”कविराज पौडेल यस क्षेत्रका बौद्धिक हस्तीका रूपमा परिचित हुनुहुन्छ। आधा दर्जन जति पुस्तकहरू प्रकाशित भइसकेका छन्।वहाँ राष्ट्रिय स्तरमै ख्यातिप्राप्त हुनुहुन्छ।वहाँका विषयमा एम्.ए मा थिसिस पनि लेखिएको छ।दर्जनौँ संस्थाबाट अभिनन्दित हुनुहुन्छ। विद्यालयका सह प्राचार्य प्रीतम क्षेत्री भन्नुहुन्छ -“हामी अब्बल हुनुका पछाडि र धेरैजसो अभिभावकको प्रमुख छनोटमा पर्नुको कारण दक्ष,अनुभवी, तालिमप्राप्त,प्रविधिमैत्री,शिक्षण पेशाप्रति उत्तरदायी,स्त:स्फूर्त चाहना र समर्पण र शिक्षामा देखिएका आयमहरूमा अद्यावधिक हुनु नै हो।” कोरा किताबी ज्ञानमा मात्र बालबालिकालाई सीमित नराखी अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले साहित्यिक,सांस्कृतिक, सामाजिक,प्राविधिक बाल क्लबहरू खोल्दै बालमस्तिष्ककाे सर्वाङ्गीण विकासमा दिलोज्यानले लागिपरेको देखिन्छ।”गो ग्रिन” अभियानलाई आत्मासाथ गर्दै विद्यालयले सामाजिक सचेतनाका कार्यक्रमहरू विद्यार्थीहरूमार्फत बेलाबेलामा सञ्चालित गरेको देखिन्छ।

फेसबुक प्रतिक्रिया

छुटाउनुभयो कि?

Sorry, No Posts are found.