गुल्मी- धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्नो पाँचौँ कार्यसमिति पुनर्गठन गरेको छ ।
अमृत कुमार खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्षद्वय लक्ष्मण जी सी,महासचिव मेहर सिंह बस्नेत ,सचिव कमल आर बस्नेत, सह सचिव विक्रम जी सी,कोषाध्यक्ष राम प्रसाद खनाल,सह कोषाध्यक्ष कृणा बस्नेत शिक्षा तथा स्वास्थ्य संयोजक हरि शर्मा ,सांस्कृतिक संयोजक प्रेम सागर बि क ,खेलकुद संयोजक बाबुराम खडका ,सङ्गठन बिस्तार प्रमुख युवराज खडका तथा सचांर संयोजक सालिकराम बि क,हिम शिखर स्थानीय संयोजक नेपाल सूचना सञ्चार संयोजक प्रकाश थापा ,प्रवास संयोजक बिर्सन शर्मा र सदस्यहरूमा केशव राज घिमिरे, पीतम खडका,नवीन महत,टङ्क महत, कृष्णा जी सी,प्रशान्त खनाल,बाबुराम खडका,सुनिल परियार, लीला जी सी,झग बहादुर जी सी,ज्ञान बहादुर जी सी,लक्षमण परियार,दुर्गेश महत, अर्जुन खडका, प्रकाश के सी, प्रेम खनाल,तेजेन्द्र घिमिरे, नारायण थापा,दोण जी सी,रामु परियार, रहेका छन् ।
त्यस्तै समितिको सल्लाहकार समितिमा कमल जी सी , कृष्ण प्रसाद खनाल,टोप बहादुर गौतम , राम प्रसाद घिमिरे, रविन महत,असीम महत,विक्रम खड्का,महेन्द्र थापा, अर्जुन ज्ञवाली,दीपक खनाल,कमल जी सी ,डिम बहादुर महत,जनार्दन खनाल,नवीन जी सी (वडा अध्यक्ष)निरञ्जन खड्का, राजेन्द्र खडका,गरी ३७ जना पदधारी तथा १६ जना सल्लाहकार समिति गठन गरेको छ ।
पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले वडाको चौतर्फी विकासको लागि काम गर्दै आएको छ । जसमध्ये साबिकका गाविसवासीको समस्यालाई मध्यनजर गर्दै पाँच वर्ष अगाडि स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो भने गणेश माबीलाई १०+२ को लागी पनि ५,५५,५५५ सहयोग साथै माबि तहका दुई बटा स्कुललाई युरो गार्ड वितरण साथै हरेक साल नव वर्ष भित्ते पात्रो प्रकाशन विभिन्न जनचेतनामूलक होर्डिङ बोर्ड विभिन्न चोक तथा सिमानाहरूमा लगाएको थियो ।
साथै पिपलधारा बजारमा प्रतीक्षालय मञ्च जस्तै संस्थाले थुप्रै विपन्न र असहाय,पीडित लाई आर्थिक सहयोग साथै कोरोना महामारी मा क्मावारेन्टाइन बसेका आमा बुबा दाजुभाइ दिदी बहिनीहरूलाई कोलगेट साबुन, दीन दुखीलाई खाद्यान्न वितरण गराउँदै पनि आएको संस्थाका महासचिव मेहर सिहँ बस्नेतले जानकारी गराउनु भयो ।
Sorry, No Posts are found.