आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि संसद विघटन:गृहमन्त्री

नेपाल दर्शन
५ माघ २०७७, सोमबार

काठमाडौँ । गृहमन्त्री तथा नेकपा केपी ओली पक्षका वरिष्ठ नेता रामबहादुर थापाले आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मका खेल भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको मन्त्री थापाले बताए । त्यस्तै, थापाले अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए ।

नेकपाद्वारा सोमबार सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताए । त्यस्तै, गृहमन्त्री थापाले ओली पक्षको पार्टी नै आधिकारिक नेकपा भएको दावी गरे ।

फेसबुक प्रतिक्रिया