महाभारतको यी ७ मानिसलाई पहिल्यै थाहा थियो कुरुक्षेत्रको युद्ध परिणाम

नेपाल दर्शन
६ माघ २०७७, मंगलवार

महाभारतको युद्ध आज भन्दा ५१५७–५८ वर्ष पहिला भएको थियो । कुरुक्षेत्रमा कौरव पक्ष र पांडव पक्षबीच १८ दिनसम्म युद्ध भएको थियो । युद्धको अन्तिममा केवल १८ जनामात्र महारथी बाचेका थिए । कौरवको कुल नाश भएको थियो पांडवको पनि लगभग सबै छोरा मारिएका थिए । जब युद्ध हुनेको तयारी नै थिएन् तब पनि केही मानिसहरुलाई युद्ध हुने र परिणाम के हुने पनि थाहा थियो । ती मानिसहरुको बारेमा आज हामी चर्चा गर्छौ ।

श्रीकृष्णः श्रीकृष्णलाई युद्ध हुने र कस्तो परिणाम आउने सबैको पहिला नै जानकारी थियो ।

भीष्मः भीष्म पनि दिव्य दृष्टि प्राप्त थिए । उनलाई पनि युद्ध हुने र त्यसको परिणाम के हुने राम्रोसँग जानकारी थियो । यद्यपि उनी दुःखी यसकुरामा थिए कि कौरवको अरुसँग युद्ध हुनेमा । उनी पुर्व जन्मका आठ वसुदेवमध्ये एक थिए ।

ऋषि वेदव्यासः ऋषि वेदव्यास पनि दिव्य दृष्टि प्राप्त थिए । उनले धृतराष्ट्रलाई संकटमा अब पनि समय छ युद्ध रोक नरोकेमा तिम्रो कुल नाश हुने बताएका थिए ।

सहदेवः पांडवहरुमा एकमात्र सहदेव त्रिकालदर्शी थिए । सहदेवले उनका पिता पाण्डुको मस्तिष्कको तीन भाग खाएका कारण उनी त्रिकालदर्शी बनेका थिए । उनले भविष्यमा हुने घटना पहिलेनै थाहा पाउथे । महाभारत युद्धमा को को मर्ने सबै उनलाई थाहा थियो तर कृष्णले यदि कसैलाई भनेमा तिम्रो मृत्यु हुने भनेपछि उनी मौन बसेका थिए ।

सन्जयः सन्जयलाई महलमा बसेर युद्ध मैदानमा भएका क्रियाकलाप हेरेर धृतराष्ट्रलाई सुनाउनको लागि महर्षि वेदव्यासले दिव्य दुष्टि दिएका थिए । धृतराष्ट्रले युद्धको परिणाम वेदव्यासलाई सोधेपछि सन्जयले बताइदिने भन्दै वेदव्यास हिडेका थिए ।

द्रोणाचार्यः महाभारतको युद्ध जता श्रीकृष्ण छन् त्यही पक्षको जित हुने कुरा द्रोणाचार्यलाई पहिले नै जानकारी थियो । कौरव र पांडवहरु सबैका गुरु द्रोणाचार्यले पनि दिव्य दृष्टि प्राप्त थिए । देवगुरुले बृहस्पतिले नै द्रोणाचार्यको रुपमा धर्तीमा जन्म लिएका थिए ।

कृपाचार्यः कृपाचार्यलाई पनि युद्धको परिणामको अनुमान थियो । उनले पनि श्रीकृष्णको विश्वरुपको दर्शन गरेको थिए । श्रीकृष्णको विश्वरुप दर्शन दिव्य दुष्टि प्राप्त मानिसले मात्र गर्न सक्छ । धार्मिक ग्रन्थको आधारमा

फेसबुक प्रतिक्रिया