काठमाडौं– गायिका मेलिना राई तथा सञ्चारकर्मी गायक सरोज कोइरालाको यूगल गीत ‘ऐलान गर्दिएँ लौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतका शब्दहरु डा.कृष्णहरि बरालले रचना गरेका हुन् भने दीपक शर्मा उक्त गीतका संगीतकार हुन् ।
लाइमलाइट नेपालले प्रोडक्सन गरेको उक्त गीतको भिडियो ओएसआर डिजिटलको यूट्युबबाट सार्वजनिक गरिएको हो ।
भिडियोमा अभिनेता श्रीदेव भट्टराई तथा बिनिता ताजपुरियाले अभिनय गरेका छन् ।
भिडियोमा समिर थोकरको कोरियाग्राफी छ ।
टेकेन्द्र शाह भिडियोका सम्पादक हुन् ।
उक्त गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभाष अधिकारीले गरेका हुन् ।
Sorry, No Posts are found.