गायक प्रताप दासको स्वरमा सत्य कथामा आधारित ‘पत्थरको मुटु’ सार्वजनिक

नेपाल दर्शन
६ माघ २०७७, मंगलवार

काठमाडौं – गायक प्रताप दासको स्वरमा सत्य कथामा आधारित ‘पत्थरको मुटु’ शीर्षकको गीतको म्युजिक भिडियो भएको छ ।

गीतमा मर्मस्पर्शी शब्दहरु समावेश छन्, जसलाई विजय पुनले रचना गरेका हुन् ।

गीतलाई ऋषि खड्काले संगीतवद्ध गरेका हुन् भने विशाल निरौला यो गीतका संगीत संयोजक हुन् ।
गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीतमार्फत पस्किने प्रयास गरेको बताएका छन् ।
गीत लेखनमा पुनको यो पहिलो कदम हो ।

टिकटकमार्फत दर्शको मन जितेका विजयको कला क्षेत्रमा छिर्ने ढोकाको रूपमा यस गीतलाई लिन सकिन्छ ।

उनले यसअघि अभिनय गरेको ‘तिम्रो नामको सिन्दुर’ गीतको भिडियो पनि दर्शकले मन पराएका थिए ।
गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्, जसमा दुई युवायुवतीबीच रहेको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।

प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता प्रसंगहरु समावेश यो भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

भिडियोमा विजय पुन र गीता ढुंगानाले अभिनय गेका छन् ।

भिडियोलाई बुद्ध थापा र उनको समूहले छायांकन गरेको हो ।

फेसबुक प्रतिक्रिया