नेपालमा राजा नै आउनुपर्छ :अभिनेत्री करिश्मा मानन्धर

नेपाल दर्शन
७ माघ २०७७, बुधबार

काठमाडौ— नेपाली चलचित्रकी मोस्ट ब्यूटिफूल अभिनेत्री करिश्मा मानन्धरले नेपालमा राजा नै आउनुपर्ने बताएकी छ्न्।

पछिल्ला दिनमा देखिएको राजनीतिक घटनाक्रमबाट असन्तुष्ट हुँदै करिश्माले बुधबार सामाजिक संजालमार्फत यस्तो अभिव्यक्ति दिएकी हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन। दुई विचार काम छ। राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।’

बाबुराम भट्टराईको पूर्व पार्टी नयाँ शक्तिकी नेतृ समेत रहिसकेकी करिश्माको राजाको पक्षमा आएको अभिव्यक्ति चाहिँ पहिलोपटक हो।

फेसबुक प्रतिक्रिया