अजाको मौसम कस्तो छ ?

नेपाल दर्शन
८ माघ २०७७, बिहीबार

 काठमाडौं– जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशको पूर्वी र मध्य भू–भागमा हाल बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली हुने भएकाे हाे।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ।  दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यसैबिच देशको उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू–भागमा बादलका कारण राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ ।

फेसबुक प्रतिक्रिया