बाघको साथी दिपेश थापा र आयुषा गौतमको पहिलो गीत “चिया सस्तो छ बजारमा ( भिडियो सहित )

नेपाल दर्शन
९ माघ २०७७, शुक्रबार

समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत सङ्गीत बजारमा आइरहेका छन् । सोही क्रममा भाइरल बाघको साथी दिपेश थापा र आयुषा गौतमको पहिलो गीत ‘चिया सस्तो छ’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक गायिकाहरू हरिमाया रायमाझी, विशाल रायमाझी, शर्मिला रायमाझी, दिपेन थापा, दिपेश थापा र आयुषा गौतमको निकै मिठो आवाज रहेको छ भने गायक विशाल रायमाझीको निकै उत्कृष्ट लय शब्द सिर्जनामा रहेको गीतमा विश्वास नेपालको सङ्गीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , राजकुमार मगरले निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त कलाकारहरू नायिका एलिना रायमाझी, बबिन सिंह ठकुरी, अर्जुन कुवर ‘पितृ बुढो’ , सिर्जना खनाल, सुन्दर बोहरा , विवेक रायमाझी , विष्णु ढकाल , रमित ढकाल लगायत अन्य कलाकाहरुको फिचर रहेको छ । गीतको म्युजिक भिडियोमा प्रकाश खड्काको छांयकन तथा राजकुमार मगरको सम्पादन रहेको छ । उक्त गीतको म्युजिक भिडियो विशाल रायमाझीको अफिसियल युटुव च्यानलबाट बजारमा पठाइएको छ ।

फेसबुक प्रतिक्रिया