गायक प्रेम सापकोटा सोनु र गायिका टिका सानुको “हुक्का” बजारमा ( भिडियो सहित)

नेपाल दर्शन
९ माघ २०७७, शुक्रबार

समीर प्रकाश पाण्डे

परदेशी भूमिमा रहेर पनि नेपाली गीत सङ्गीत सिर्जनामा अब्बल मानिएका गायक प्रेम सापकोटा सोनुको सर्जना रहेको नयाँ गीत ” हुक्का ” हालै मात्र सार्वजनिक भएको छ । गायक प्रेम सापकोटा सोनुको लय शब्द स्वरमा रहेको यो गीतमा लाइभ दोहोरी बाट चर्चा कमाएकी चर्चित गायिका टिका सानुले स्वरमा साथ दिएकी छिन्।

दोहोरी साझको परिवेशमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा व्यस्त निर्देशक स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको छ । भिडियोमा कलाकार टीका सानू, छत्र साही, सङ्कर क्षेत्री, बाबु कृष्ण परियार, धनमाया नेपाली विजय बानिया, हुमा बिक, बबिन ठकुरी, अस्मिता पुरी, सरस्वती गुरुङ, पुर्णिामा गुरुङ लगायत थुप्रै कलाकारहरूको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठको छायाङ्कन प्रकाश धमलाको सम्पादन रहेको छ । गीतलाई प्रेम सापकोटा सोनु युट्युब च्यानल बाट बजारमा पठाइएको छ ।

फेसबुक प्रतिक्रिया