ओली नेपाली संस्करणका हिटलर हुन् , सुध्रिए केही समय जेलमा राखौंला :नेता नेपाल

नेपाल दर्शन
९ माघ २०७७, शुक्रबार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेपाली संस्करणका हिटलर भएको बताएका छन्।

राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले केपी ओलीको ‘के’ को अर्थ ‘खड्ग’ भएको भन्दै ओलीले संविधानमाथि खड्ग प्रहार गरेको आरोप लगाए।

आजको विरोधसभाले जनआन्दोलनको झल्को दिएको भन्दै नेपालले सडकमा ‘कास्टिङ’ मात्रै देखिएको बताए।

भने,’फिल्म अझै बाँकी छ। यो कास्टिङ मात्र हो।’

ओली सुध्रिए केही समय जेलमा राखौंला भन्दै नेपालले ओलीसँग फेरि मिल्ने सम्भावना न्यून रहेको बताए।

नेपालले ओली कम्युनिस्ट पार्टीको साधारण सदस्य बन्न समेत अयोग्य भएको बताए। त्यसैले उनीसँग स्पष्टिकरण मागिएको र उनको भूमिका बारेमा छिट्टै समीक्षा हुने जानकारी दिए।

फेसबुक प्रतिक्रिया