प्रियंका गान्धीको प्रेम कहानी

नेपाल दर्शन
१ माघ २०७७, बिहीबार

एजेन्सी । प्रियंका गान्धीको  पुरा नाम प्रियंका गान्धी बद्रा हो । उनको जन्म सन् १०७२, १२ जनवरी, दिल्लीमा  भएको थियो । उमेरले ४९ वर्ष लागेकी उनी पछिल्लो समय सक्रिय राजनीतिक जीवन बिताउँदै आइरहेकी छिन् । 

उनले बुद्धिस्ट धर्म मान्छिन् । उनले दिल्ली विश्वविद्यालयबाट साइकोलोजीमा विए गरेकी छिन् भने बुद्धिस्ट अध्ययनमा मास्टर्स गरेकी छिन् ।

पुर्व भारतीय प्रधानमन्त्री राजीव गान्धी तथा सोनिया गान्धीकी पुत्री प्रियंको विवाह रोवर्ट बद्रासँग १८ फ्रेवअरी १९९७ मा विवाह भएको थियो । उनीहरुको विवाह भइसकेको आज २४ वर्ष भइसकेको छ । उनीहरुबीचको लव स्टोरी निकै रोचक रहेको छ । रोबर्ट बाड्रालाई जब प्रियंकाले पहिलो पटक भेटिन् तब उनी १३ वर्षकी मात्र थिइन् ।

त्यसपछि उनीहरुबीच मित्रता भएको थियो । उक्त मित्रतापछि प्रेममा परिणत भएको थियो । व्यापरसँग मात्र सम्बन्धित रहेको बाड्रा परिवारको राजनीतिसँग कुनै संलग्नता रहेको थिएन ।

रोबर्ट बाड्राको  जन्म १८ अप्रील १९६९ मा उत्तर प्रदेशको मुरादाबादमा भएको थियो । उनको परिवरा पित्तल व्यवसाय गर्दै आइरहेका थिए । रिपोर्टका अनुसार प्रियंका र रोबर्टले एउटै स्कुलबाट अध्ययन गरेका हुन् ।

सोही कारण पनि उनीहरुबीचको मित्रता बन्न गएको थियो । रोबर्टले प्राय प्रियंकालाई ज्वेलरीहरु गिफ्ट दिने गर्थे । पछि राहुल गान्धी पनि उनको मित्र बन्न पुगे । पछि उनीहरुबीचको प्रेम सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी पनि भएका थिए ।

तर, उनीहरुले यसबारे भने कुनै चर्चा गरेनन् । विवाह गरेर नै उनीहरूले जबाफ दिए ।

उनका दुई सन्तान रहेका छन् । 

उनका पति व्यापारी हुन् । उनी योगा, ध्यान गर्न रुचाउँछिन् । उनको कुल सम्पत्ति ४५० करोड भारु रहेको मिडिया रिपोर्टमा उल्लेख छ । श्रीमान र उनको कुल सम्पत्ति जोड्ने हो भने २.१ बिलियन डलर रहेको छ । उनीहरुको सिम्ला आलिशान बंगला रहेको छ । 

उनले आफ्नो पहिलो राजनीतिक भाषण १६ वर्षको हुँदा दिएकी थिइन् । उनलाई फोटोग्राफीको पनि रुची छ । 

उनको राजनीतिक भुमिका प्रष्ट नभएको अरोप लाग्दै आइरहेको छ । 

फेसबुक प्रतिक्रिया