नेकपाको संकट नै ‘प्रचण्ड’ हुन् :परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

नेपाल दर्शन
१० माघ २०७७, शनिबार

गुल्मी– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनस्ट पार्टीको संकट नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताउँदै उनले आफ्नो निवासलाई ‘गुटको हेडक्वार्टर’ बनाएको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी रेसुङ्गा नगरकमिटी (ओली समूह) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएको आरोप लगाएका हुन ।

दाहाल-नेपाल समूहले सरकारलाई चौतर्फीमा पारेको तथा पदका लागि अनेक षड्यन्त्र रचेकै कारण प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताए । उनले प्रचण्डले दर्ता गरेको ‘आरोप पत्र’का कारण पनि यो अवस्था आएको उनले जिकिर गरे ।

सरकारले राम्रो काम गर्ने अवसर नपाएका कारण ताजा जनादेशमा जानुको विकल्प नरहेको उनले बताए।

फेसबुक प्रतिक्रिया