गोकुल बाँस्कोटा भन्छन – नेपाल हिन्दु र बुद्ध धर्मावलम्वी बाहुल ..धर्मनिरपेक्ष राज्य हुनुपर्ने

नेपाल दर्शन
१२ माघ २०७७, सोमबार

पूर्वसञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ( ओली समुह) नेता गोकुल बाँस्कोटाले नेपाल कस्तो हुनुपर्ने भन्ने विषयमा एक टिप्पण गरेका छन् । उनले आफ्नो ट्वीट मार्फत नेपाल हिन्दु र बुद्ध धर्मावलम्वी बाहुल बहुधार्मिक,बहुसाँस्कृतिक धर्मनिरपेक्ष  राज्य हुनुपर्ने  टिप्पणी गरेका हुन् । 

यस्तै केन्द्र र स्थानीय  तह र महिला, दलित तथा विपन्नबर्गकालाई माथि उठाउने सिद्दान्तमा आधारित समावेशीतालाई मात्र मान्ने गणतान्त्रिक सङघीयता भएको देश हुनु पर्ने  बताएका छन् । तर, त्यस्तो नबनाएकोमा  के गर्ने भन्ने खुलाएका छैनन् ।

पछिल्लो समय नेकपा विभाजन भएपछि ओली समुहका प्रखर बक्ताका रुपमा उभिएका नेता बास्कोटाले ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । 

फेसबुक प्रतिक्रिया