काठमाडौँ– गीतकार सीता राना मगरद्वारा रचना गरिएको नयाँ लोक दोहोरी गीत ‘ कालो कपाल ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक उज्ज्वल गिरि ,सञ्जय सौगात र कल्पना मगरको युगल गायन छ ।
मेलोडी नेपालामा रेकड भएको यो गीत उज्ज्वल गिरिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
स्मृति तिमिल्सीनाद्वारा निर्देशित उक्त गीतको भिडियोमा उज्ज्वल गिरी ,मोडल सुम्नीमा लम्साल र लोमश शर्माले अभिनय तथा नृत्य गरेका छन् । सुरेश श्रेष्ठले छायाङ्कन र प्रकाश धमलाले उक्त भिडियो सम्पादन गरेका छन् ।
Sorry, No Posts are found.