१३ वर्षीया बालिकालाई अपहरण अभियोगमा भाइरल अर्जुन बिक पक्राउ

नेपाल दर्शन
१३ माघ २०७७, मंगलवार

काठमाडौँ– छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् ।

उनलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो ।

अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो ।

१३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया