दलित एकता सञ्जाल नेपाल-भारतको स्थापना दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

नेपाल दर्शन
१४ माघ २०७७, बुधबार

नयाँ दिल्ली

‘दलित एकता आजको आवश्यकता र छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरूको सहभागिता’ भन्ने मूल नाराको साथ ‘दलित एकता सञ्जाल नेपाल-भारत’ले २६ जनवरी, २०२१ मङ्गलवारको दिन केन्द्रीय समितिको दोस्रो र दिल्ली राज्य समितिको पहिलो स्थापना दिवस सहित आर. के. पुरम सम्पर्क समितिको घोषणा सभा कार्यक्रम सम्पन्न गरेको छ।

दीप प्रज्वलन र दुवै राष्ट्रका राष्ट्रिय गीत बजाएर  कार्यक्रमलाई अगाडि बढाउँदै ज्ञात-अज्ञात सहिदहरू प्रति मौन धारण गर्दै कार्यक्रम अघि बढेको थियो। जसमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्मा विशिष्ट अतिथिमा दिल्ली विश्वविद्यालयका प्रोफेसर डक्टर सिद्धार्थ र अतिथिहरूमा केन्द्रीय सदस्य एवम् महिला सशक्तीकरण की ममता विश्वकर्मा, केन्द्रीय उपाध्यक्ष  एवम् दिल्ली राज्य समिति अध्यक्ष छोटु ओड, केन्द्रीय उपाध्यक्ष मोती सिंह मिजार, केन्द्रीय कोषाध्यक्ष दीपक चदारा दिल्ली राज्य समिति इन्चार्ज पुरन सार्की, महिला सशक्तीकरण की कोषाध्यक्ष शान्ति विक, पारसमणि सुनार, गोपाल चदारा, धनबहादुर विक, गङ्गा विक र रेकम सुनार हुनुहुन्थ्यो।

आर. के. पुरम सम्पर्क समितिका इन्चार्ज गणेश विश्वकर्माले उपस्थित जनसमुदायलाई स्वागत मन्तव्य दिए पछि डक्टर सिद्धार्थ, गोपाल चदारा, पारसमणि सुनार, शङ्कर विक, पूरन सार्की मोती सिंह मिजार, ममता विक विष्णु बोमरेल र केन्द्रीय अध्यक्षले पनि सम्बोधन गरेका थिए।

उपरोक्त कार्यक्रमको बिच-बीचमा उदयमान कलाकारहरू जितेन्द्र घिमिरे सुनार, चोपेन्द्र घिमिरे सुनार र राजु पन्थीले जनसमुदायलाई आफ्नो प्रस्तुतिले गर्दा नाच्न-गाउन बाध्य बनाएका थिए।

कार्यक्रमको अध्यक्षता छोटु ओड र सञ्चालन केन्द्रीय सचिव सुरेश विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रम नयाँ दिल्लीको आर.के. पुरम सेक्टर -४ स्थित अम्बेडकर इन्सट्यूशनल संस्थानको प्रागणमा भएको थियो।

अन्तमा शान्त र सौहार्दपूर्ण वातावरणका साथ दिउसो १ बजे सुरु गरिएको कार्यक्रम ६ बजे सचिव द्वारा समाप्त भएको घोषणा गरिएको थियो।

फेसबुक प्रतिक्रिया