राजसंस्था र हिन्दु राष्ट्रको माग राख्दै धनगढीमा प्रदर्शन

नेपाल दर्शन
१५ माघ २०७७, बिहीबार

कैलाली- राजसंस्था र हिन्दु राष्ट्रको माग राख्दै धनगढीमा प्रदर्शन गरिएको छ। धर्म साझा, देश साझा र राजा साझा भन्ने आह्वानका साथ स्थानीयले धनगढीमा आज प्रदर्शन गरेका हुन् ।

राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राज्य कायम गरौँ जस्ता नारा लगाउँदै धनगढीको बुद्ध चोकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै ट्राफिक चौराहामा पुगेको थियो । हात हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका युवाहरूले नारा जुलुस लगाउँदै र्‍यालीमा सहभागी भएका थिए ।

‘सुन्दर सुदूरपश्चिम बासी जनता’को आयोजनामा भएको र्‍यालीले नेपालमा राजसंस्थासहितको हिन्दु राज्य कायम गर्न दबाब पुग्ने बताउँदै आयोजक समितिका ललित जोशीले भने, ‘वर्तमान संविधान अपूरो र यसले मौलिक संस्कृतिलाई अङ्गीकार नगरेकाले जनदबाब र आन्दोलनबाट वर्तमान व्यवस्थाको विस्थापन गरी नेपालमा राजसंस्थासहितको हिन्दु अधिराज्य कायम गर्नका लागि प्रदर्शन गरेका हौँ ।’

फेसबुक प्रतिक्रिया