बलिउडकी नायिका जयश्रीले गरिन झुण्डिएर आत्महत्या

नेपाल दर्शन
१६ माघ २०७७, शुक्रबार

मुम्बइ । बलिउडकी कन्नडकी नायिका जयश्री रमैयाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

बंगलुरु स्थित घरमै उनको मृत शरीर भेटिएको थियो । उनले छ महिना अघि पनि आत्महत्या प्रयाश गरेको प्रहरीले जनाएको छ । छ महिना अघि आत्महत्या गर्न ठिक्क परेकी जयश्रीलाई नायक किच्चा सुदीपले बचाएका थिए ।

डिप्रेशनबाट पीडित यी नायिकाले सन २०२०मा सामाजिक सञ्जालमै आत्महत्या गर्न लागेको उल्लेख गरेकी थिइन् । उनले भनेकी थिइन् ‘धेरै समय भयो तनावबाट गुज्रेको अब दुनियाबाट विदा हुने निर्णय लिँदैछु ।’ खबर पाए लगत्तै सुदिपले उनलाई रोकेका थिए । पछि उनले सुदिपलाई धन्यवाद दिँदै आफ्ना प्रसंसकसंग माफी पनि मागेकी थिइन् ।

जयश्रीका नजिकका साथीका अनुसार उनी पारिवारिक तनावमा थिइन् । त्यसो त उनले पछिल्लो समय फोन नम्बर धेरै परिवर्तन गर्न थालेकी थिइन् । त्यसकारण उनी साथीहरूको सम्पर्कबाट पनि टाढा भएकी थिइन् । उनी राम्रो नृत्यङ्गना र मोडल थिइन् । सन २०१५ मा कन्नड रियालिटी शो बिग बोस कन्नडमा सहभागी भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया