इन्फास्ट्रक्चर बैंकले आइपिओ खुलायो

नेपाल दर्शन
२ माघ २०७७, शुक्रबार

काठमाडौं – इन्फास्ट्रक्चर बैंकले आइपिओ खुलाएको छ । कम्पनीको आइपिओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपिओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छ । बैंकले अंकित मूल्य १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको हो ।

सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।

फेसबुक प्रतिक्रिया