नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग मिलेर पार्टी बनाउन सक्ने दाबी गरेका छन्
शनिबार नवलपुरको कावासोतीमा आयोजित दाहाल-नेपालको युवा विद्यार्थी भेला एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले ओलीको पछिल्लो गतिविधि व्यवस्था विरोधी देखिएको आरोप लगाए। ‘हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज ओलीको साथमा छन्’, उनले भने, केपी ओली कस्तो जमातको नेतृत्व गर्दै हुनुहुन्छ, देखिएकै छ। भोलि पूर्व राजा ज्ञानेन्द्र र ओली अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो नमाने हुन्छ।’
ओलीले निर्वाचित प्रतिनिधिसभा विघटन गरेर सत्ता र शक्तिको दुरुपयोग गर्दै आफूलाई शक्तिशाली बनाउने प्रयत्न गरेको आरोप उनले लगाए। नेता भट्टराईले ओलीको कदममा सर्वोच्च अदालतले ले साथ नदिने विश्वास पनि व्यक्त गरेका छन्।
संसद् विघटनको मुद्दामा ओलीको पक्षमा बहस गर्ने वकिलदेखि लिएर ओलीका अगाडि पछाडिका सबै संघीयता र गणतन्त्र विरोधी भएको उनले आरोप लगाए। नेता भट्टराईले प्रधानमन्त्री ओली इतिहासकै कमजोर प्रधानमन्त्री भएको टिप्पणी गरे।
Sorry, No Posts are found.