पूर्वप्रधानमन्त्री खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुदै

नेपाल दर्शन
३० माघ २०७७, शुक्रबार

काठमाडौँ– नेकपा ‘दाहाल-नेपाल’ समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालिएको छ ।

नेता खनालको एपोलो अस्पतालमा उपचार थालिएको भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए ।

राजदूत आचार्यले उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

पूर्वप्रधानमन्त्री खनाल नियमित उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए ।

नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए।

खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

फेसबुक प्रतिक्रिया