काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले आज शनिवार लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा जनसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभा दिउँसो साढे १२ बजे शुरु हुने जनाइएको छ ।
जनसभालाई प्रधानमन्त्री एवं सो समूहका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्नेछन् ।
दुई लाख जनताउपस्थित हुने बताएका नेकपाका नेताहरूले आजको जनसभा ऐतिहासिक हुने दाबी गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने जिकिर गरे । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए ।
सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्याली निकालेका थिए। उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए । नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा जनसभा गरिसकेको छ।
गत पुस ५ गते केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको ओली तथा दाहाल नेपाल समूहमा शक्ति प्रदर्शनको प्रतिष्पर्धा चलेको छ ।
Sorry, No Posts are found.