पशुपतिनाथको अपमान गरेको भन्दै प्रचण्ड–नेपाल समूहका नेताहरुको पुतला दहन

नेपाल दर्शन
१ फाल्गुन २०७७, शनिबार

भगवान पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको पुतला दहन गरेको छ ।

विश्व हिन्दू परिषद नेपालले जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा नेकपाका रघुजी पन्त, प्रचण्ड लगायतका नेताहरुको पुतला दहन एवं विरोध ¥याली निकालेको हो । मिति २०७७ माघ २८ गते सरकार विरुद्धको राजनैतिक विरोध ¥यालीको क्रममा नेकपाका नेताहरु भगवान पशुपतिनाथ विरुद्ध अभद्र टिप्पणी गरेका थिए ।

राजनेताद्वारा नै राष्ट्रदेव भगवान पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गर्दै विरोध जनाएको थियो ।

फेसबुक प्रतिक्रिया