धन किरणले ल्याए ‘तिम्रो यादमा’

नेपाल दर्शन
३ फाल्गुन २०७७, सोमबार

काठमाडौँ – गायक धन किरण गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । गायक गुरुङको सुमधुर स्वरमा ‘तिम्रो यादमा’ बोलको गीतको भिडियो डी जी प्रोडक्सन यु के युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

गीतमा सुनिल थापाको शब्द  सिर्जना नेपालको सङ्गीतमा रहेको छ । 
 
 भिडियोलाई देऊ कृष्ण देवान लिखा याक्खाले निर्देशन गरेका छन् भने राम प्रसाद चौधरीले सम्पादन गरेका छन् ।  

फेसबुक प्रतिक्रिया