प्रधानमन्त्री ओलीलाई पाण्डेको व्यंग्य स्ट्यान्डअप कमेडियन हुनु र प्रधानमन्त्री बन्नु फरक हो

नेपाल दर्शन
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राज्य सञ्चालन, नागरिकको अपेक्षा र आवश्यकता पूरा गर्न तीन वर्षमा पूर्ण रुपमा असफल भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले आज (मंगलबार) रत्नपार्क शान्ति वाटिकाबाट शुरु गरेको १० दिने प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक पाण्डेले सरकार गठन गरेको तीन वर्षमा ओलीले पटक–पटक चिट चोर्दा, सेन्टर कब्जा गर्दा र आफै कापी जाँच्दा समेत पूर्णरुपमा असफल भएको बताए ।

संयोजक पाण्डेले प्रधानमन्त्री ओलीलाई स्ट्यान्डअप कमेडियन हुनु र प्रधानमन्त्री बन्नुमा फरक रहेको भन्दै व्यंग्य समेत गरे । हजुरबुबाले ल्याएको प्रजातन्त्र, बाले ल्याएको लोकतन्त्र अनि काकाले ल्याएको गणतन्त्र जोगाउन आफ्नो पुस्ता र आफ्नो पार्टी सक्षम रहेको पनि पाण्डेले बताएका छन् ।

फेसबुक प्रतिक्रिया