रोटरी क्लब अफ तिलोत्तमाद्वारा श्री सत्य लक्ष्मी आधारभूत स्कुलमा सहयोग

नेपाल दर्शन
४ फाल्गुन २०७७, मंगलवार

बुटवल : रोटरी क्लब अफ तिलोत्तमाले श्री सत्य लक्ष्मी आधारभूत बिद्यालय तिलोत्तमा -६ पश्चिम पहुनिमा रहेका १२० जना विद्यार्थीलाई सहयोग गरेको छ। क्लबले सो बिद्यालयमा पढ्ने छात्र तथा छात्राहरुलाई कपी, पेन , पेन्सिल सहित मास्क र सेनिटाइजर प्रदान गरेको हो।

रोटरी क्लब अफ तिलोत्तमाले क्लबका सदस्यले जम्मा गरेको रकमबाट बिद्यालयमा सहयोग गरिएको हो। रोटरी क्लब अफ तिलोत्तमा का सस्थापक अध्यक्ष रोट्रियन मित्र बन्धु पाठकको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो सहयोग हस्तान्तरण कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्टर बुटवलका सस्थापक अध्यक्ष तथा क्लबका सल्लाहकार रोट्रियन एजाज आलम र अतिथिका रुपमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देवी भुसाल, प्रधानाध्यापक रमेश पाठक, रोटरी क्लब अफ सेन्टर बुटवलका सस्थापक सदस्य शिव कुमार पाठक लगायतको उपस्थिति रहेको थियो। 

सरस्वति पुजाको उपलक्ष्यमा यसरि आधारभूत बिद्यालय मै आएर गरेको सहयोगले बिद्यार्थी लाइ पढ्ने हौसला थपेको र विद्यालयलाई समेत उर्जा मिलेको बताउदै कार्यक्रमामा बोल्ने बक्ताहरुले क्लबलाई धन्यबाद ज्ञापन गरेका थिए।  सो अवसरमा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपाने, बिशिष्ठ अतिथि रोट्रियन एजाज आलम, अतिथि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देवी भुसाल, प्रधानाध्यापक रमेश पाठक,सस्थापक अध्यक्ष रोट्रियन मित्र बन्धु पाठक, रोटरी क्लब अफ सेन्टर बुटवलका सस्थापक सदस्य शिव कुमार पाठक र  दिपक पाठक लगायतले बोल्दै क्लबको सानो सहयोगले अन्य स्थानिय क्लब र यहाका समाजसेवीहरुमा समेत चेतना फ़ैलाइदिएको बताएका थिए।  

रोट्रियन प्रकाश न्यौपानेको स्वागत मन्तब्यबाट विद्यालयको आफ्नै प्रांगणमा शुरु सो कार्यक्रमको संचालन रोट्रियन नारायण पाठकले गरेको  यसै क्लबका  रोट्रियन ई .अनिल शर्माले हामीलाई बताए।  

फेसबुक प्रतिक्रिया