गुल्मीमा जिप दुर्घटनामा , ३ जनाकाे मृत्यु

नेपाल दर्शन
५ फाल्गुन २०७७, बुधबार

गुल्मी – गुल्मीको पराल्मीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । बुधबार सदरमुकाम तम्घास देखि रेसुङ्गा नगरपालिका –१४ पराल्मीको छाप भन्ने स्थानमा जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप ठुलो पँधेरो भन्ने स्थानमा सडक देखि करिब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको हो । 

दुर्घटनाको जानकारी पश्चात घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निक्षिक महेश्वर उपाध्यायको कमाण्डमा ११ जनाको टोली खटि गएको थियो । 

दुर्घटनामा परी एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका ४७ वर्षीय यकराज पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो ।

भने सोही स्थानकी  २८ वर्षीय शान्ति नेपाली  र २७ वर्षीय गोमा नेपाली उपचारको क्रममा जिल्ला अस्पतालमा तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  दुर्घटनामा परी ३७ को वीर बहादुर सुर्यवंशी गम्भिर घाइते भएका छन् । सवारी चालक २२ वर्षीय भरत पोख्रेल घाइते भएका छन् ।  यस्तै ३७ वर्षीय गोमा नेपाली, ६६ वर्षीय देव बहादुर नेपाली घाइते भएका छन् । २७ वर्षीय प्रकाश नेपाली, उनकी छोरी बर्ष ४ कि खुसी नेपाली घाइते हुनुभएको छ ।  अन्य ३ जनाको अबस्था सामान्य रहेको छ । 

फेसबुक प्रतिक्रिया