भारतको मध्य प्रदेशमा रहेको इन्दौरमा सेल्फी लिने चक्करमा एक बालिकाको ज्यान गएको छ ।
सात कक्षामा पढ्ने ती बालिका घाँटीमा पासो लगाएर सेल्फी लिइरहेकी थिइन् । त्यसक्रममा कुर्सीमा उनको सन्तुलन बिग्रियो र पासो कसियो । त्यसपछि उनको ज्यान गयो ।
बालिकाले खेलाँचीमै कुर्ताको शल घाँटीमा बाँधेर सेल्फी लिइरहेकी थिइन् । त्यो सेल्फी उनी कसैलाई पठाउन खोजिरहेकी थिइन् । कुर्सीमा उभिएर शलले घाँटी बाँधी मास्तिर अड्काएकी बालिकाको ज्यान कुर्सी हल्लिएपछि गयो । कुर्सीबाट उनी लडिन् र घाँटीमा शल बेरिएर मरिन् ।
बालिकाको नाम आयुषी सोलंकी हो । उनी जम्मा १२ वर्षकी थिइन् । घटना हुँदा उनी घरमा एक्लै थिइन् ।
परिवारका मानिस घर पुग्दा भयावह दृश्य देखे अयिन तत्कालै प्रहरीलाई खबर गरे । प्रहरीले पोस्टमोर्टमका लागि शव जिल्ला अस्पताल पुर्याएको थियो । मोबाइल फोन पनि बरामद गरेको थियो ।
तर बालिकाबाट सुसाइड नोट पनि फेला परेकाले यो जानीबुझी गरिएको आत्महत्या हो कि खेलाँचीमा भएको मृत्यु हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Sorry, No Posts are found.