अस्ट्रेलियामा फेसबुक प्रतिबन्ध, समाचार हेर्न तथा सेयर गर्न नपाइने

नेपाल दर्शन
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । फेसबुकले अस्ट्रेलियामा समाचार सामग्री सेयर गर्न र हेर्न प्रतिबन्ध लगाएको छ ।

अस्ट्रेलियामा प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुनको विषयबारे विवादका कारण फेसबुकले अस्ट्रेलियाली प्रयोगकर्ताहरूलाई आफ्नो प्लेटफर्ममा समाचार हेर्न र सेयर गर्नमा रोक लगाउने घोषणा गरेको हो ।

केही प्रयोगकर्ताहरूले निश्चित समाचार साइटहरूबाट सामग्री सेयर गर्न नमिल्ने बनाइसकिएको बताएका छन् ।

बीबीसीका अनुसार प्रस्तावित कानुनले गुगल र फेसबुकजस्ता ठूला प्रविधि कम्पनीहरूलाई अस्ट्रेलियाका सञ्चार संस्थाहरूसँग सम्झौता गर्न वा सामग्री सेयर गरेबापत शुल्क तिर्न बाध्य पार्ने छ ।

यसअघि गुगलले अस्ट्रेलियामा आफ्नो सर्च इन्जिन बन्द गर्ने धम्की दिएको थियो ।

तर, बुधबार भने उसले विश्वकै सबैभन्दा ठूलो समाचार संस्था न्यूज कर्पसँग सहमति गरेको घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया