भाईरल बन्दै पुष्कलको ‘के दिऊँ मायालाई’(भिडियो )

नेपाल दर्शन
७ फाल्गुन २०७७, शुक्रबार

लोकप्रिय गायक पुष्कल शर्मा तथा गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के दिऊँ मायालाई’ सार्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा शब्द तथा सङ्गीत गायक पुष्कलकै रहेको छ भने एरेन्ज कृष्ण विकले गर्नुभएको छ ।

गीतको भिडियोमा पुष्कलसँगै महिला मोडलमा अञ्जली अधिकारी, सबि शर्मा, समीक्षा पोखरेल र अनुपा अधिकारीले अभिनय छ । मन्दिर म्युजिक कम्पनीबाट सार्वजनिक यस गीतलाई पुष्कल शर्माकै युट्युबमार्फत हेर्न सकिनेछ । भिडियो काजिश श्रेष्ठको निर्देशन छ भने अजय रेग्मीले खिचेका छन् । भिडियोको सम्पादन तथा कलर भर्ने काम दीपक विष्टले गरेका छन् ।

फेसबुक प्रतिक्रिया