गृहमन्त्री बन्न लागेको छैन :गौतम

नेपाल दर्शन
७ फाल्गुन २०७७, शुक्रबार

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वर्तमान सरकारको गृहमन्त्री बन्न लागेको भन्ने समाचारमा सत्यता नभएको बताउनुभएको छ ।

केही दिनअघि विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री ओलीले गौतमलाई चुनावी सरकारको गृहमन्त्री प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो ।

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गौतमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर आफ्नो चरित्रहत्या गर्न खोजिएको बताउनुभएको हो ।

यस्तो छ बामदेवको स्ट्याटस

मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एक पटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जाँदै छन् भन्ने गलत भ्रामक र दुराशययुक्त समाचार प्रवाहित गरिएको छ।
मेरा सबै मित्रहरूलाई यस किसिमका भ्रामक समाचारहरूलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!!
वामदेव गौतम
संयोजक
नेकपा एकता राष्ट्रिय अभियान
७।११।२०७७

फेसबुक प्रतिक्रिया