नयाँदिल्ली पुगेर बाबुरामले लेखेः यहाँ उपचार गराउन आउँदा लाज लागेको छ

नेपाल दर्शन
९ फाल्गुन २०७७, आईतवार

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आज नयाँ दिल्ली पुगेका छन् । आफ्नो उपचारअघि एउटा ट्विट लेख्दै उनले विदेशमा उपचार गराउन आउँदा लाज लागेको बताएका छन् ।

डा. भट्टराई लेख्छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू, अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिंदै गर्दा अत्यन्त लज्जित-दुखित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा डा. भट्टराईको उपचार हुनेछ । उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन् ।

फेसबुक प्रतिक्रिया