एजेन्सी । बिग बोस सिजन १४ को उपाधि रुबीना दिलाइकले जितेकी छन् । विवादित रियालिटी शो बिग बोसमा १४० दिनसम्म चलेको बहस, झगडा र नाटकपछि रुबीना विजेता बनेकी हुन् ।
फाइलनमा रुबीनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले भने विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छाडेकी थिइन् ।
अली गोनीले सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौकाबाट बन्चित भइन् ।
फिनालेमा नोरा फतेहीले हिट डान्स नम्बरमा आफ्नो प्रस्तुती दिएकी थिइन् भने माधुरी दिक्षित, धर्मेन्द्र, रितेश देशमुखका पनि उपस्थिती रहेको थियो ।
Sorry, No Posts are found.