जिल्ला धादिङ साबिक नुवाकोट गाविस वडा नम्बर २ निवासी राम बहादुर तामाङकी छोरी तथा लोक बहादुर तामाङ (गुरुङ)की श्रीमती वर्ष ३६ की सुमित्रा तामाङ (गुरुङ)को दुवै मिर्गौला (किड्नी)मा खराबी आएकोले जीवन र मृत्युसँग सङ्घर्ष गरिरहनु भएको छ ।
स–साना दुई छोरीहरूकी आमा सुमित्राको हाल भारतको कानपुरस्थित kanpur hallet hospital मा उपचार चलिरहेको छ ।अस्पतालका अनुसार दुवै किडनीले केवल १० प्रतिशत मात्रै काम गरेकाले तत्काल किड्नी परिवर्तन नगरी नुहुनेछ ।
आफूसँग भएका सम्पूर्ण श्रोतहरू सिद्धिएको र आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले श्रीमती सुमित्रा तामाङ (गुरुङ) को जीवन रक्षाको लागि श्रीमान् लोक बहादुर तामाङ (गुरुङ)ले विभिन्न माध्यमहरूबाट व्यवसायी, बुद्धिजीवी, पत्रकार एवं श्रमजीवी न्यायप्रेम सहयोगी मनहरु समक्ष हारगुहार गर्नु भएको छ ।
देश तथा विदेशमा छरिएर रहनु हुने सम्पूर्ण व्यवसायी, बुद्धिजीवी, पत्रकार एवं श्रमजीवी न्यायप्रेम सहयोगी मनहरुमा विनम्रतापूर्वकLok Bahadur Gurung, HDFC Bank, A/C No. 20421050002234, IFSC : HDFC0002042, मा आर्थिक सहयोग गरि सुमित्रा तामाङ (गुरुङ) को जीवन रक्षा गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ । Mobile No. +91-9936092200
Sorry, No Posts are found.