मंगलबार गणेश भगवानको पूजा गर्दा जप्नु पर्छ यी मन्त्रहरू

नेपाल दर्शन
३ चैत्र २०७७, मंगलवार

काठमाडौँ – हिन्दूधर्मशास्त्र अनुसार, मङ्गलवार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ ।

यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।

विशेष गरेर गणेश भगवानको पूजा मङ्गलवार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

मङ्गलवार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन् । मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागि पनि यस दिन ब्रत बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ ।

१ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः

४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः

६ – ॐ सिद्धि विनायकाय नमः  ७ – ॐ गजाननाय नमः

८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः

१० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः

फेसबुक प्रतिक्रिया