ईश्वर सबैमा छ

नेपाल दर्शन
५ चैत्र २०७७, बिहीबार

शिष्यले सोध्यो— ‘ईश्वर कहाँ छ ?’

गुरुले भने— ‘सबैमा ।’

बाटोमा एउटा हात्ती बेकाबु हुँदै आयो । पछि पछि माहुते चिच्याइरहेको थियो— बाटोबाट हट, हात्ती पागल भएको छ ।’

गुरु छेउतिर लागे, शिष्य गुरुको कुरालाई याद गर्दै बिच बाटोमै उभियो— ‘जब सबैमा ईश्वर छन् भने हात्तीमा पनि होला ।’

हात्ती उफ्रँदै शिष्यको नजिक आयो र सुँडले उठाएर टाढा झाडीमा फ्याँकिदियो ।

शिष्य घाइते भयो । उसले गुरुसँग सोध्यो— ‘तपाईँले त ईश्वर सबैमा छन् भन्नुभएको थियो । तैपनि यस्तो किन भयो ?’

‘ईश्वर त त्यस माहुतेभित्र पनि थियो, जो हात्तीको पछाडि चिच्याउँदै आइरहेको थियो । बाटोबाट हट, हात्ती पागल भएको छ भन्दै थियो । तिमीले उसका कुरा किन मानेनौँ ?’

साभार : प्रेरक प्रसङ्ग’ किताबबाट

फेसबुक प्रतिक्रिया