२०७६ को साहित्य सन्ध्या पुरस्कार डा. रवीन्द्र समीरलाई

नेपाल दर्शन
८ चैत्र २०७७, आईतवार

साहित्य सन्ध्या नेपालले २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंसा पत्र प्रदान गरिनेछ ।

संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा उक्त पुरस्कार अर्पण गरिनेछ ।

फेसबुक प्रतिक्रिया