धन किरण गुरूङ्गकाे ‘वर्षाै बित्यो’सार्वजनिक

नेपाल दर्शन
९ चैत्र २०७७, सोमबार

गायक धन किरण गूरूङ्गकाे नयाँ गीत वर्षाै बित्यो गायक स्वयमको डी जी प्राेडक्सन यु के युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । गायक गुरूङ्ग स्वयमको शब्द, सङ्गीत र स्वरमा सजियको भिडियो पनि सार्वजनिक भएको छ ।

गीतलाई सुरत प्रधानले एरेञ्ज गरेका हुन भने मित्र लामाले रेकडिङ्ग गरेका छन् । यस गीतको भिडियोमा नरेन खड्का र आएला चापागाईँको अभिनय देख्न सकिन्छ साथै बाल कलाकारमा प्रनिसा राई र समिरा देवानलाई पनि रहेका छन् ।

गीतकाे भिडियोलाई देऊ कृष्ण देवान लिखा याक्खाले निर्देशन गरेका छन् । निर्देशन कोइरालाले सम्पादन गरेका हुन, भने अल्का गुरूङ्गले निर्माण गरेकी हुन ।

फेसबुक प्रतिक्रिया