बालबालिकामा कोरोनाको लक्षण देखिए के गर्ने ?

नेपाल दर्शन
२२ बैशाख २०७८, बुधबार

विश्वमा कोरोना भाइरसबाट दिन प्रतिदिन मानिसहरू सङ्क्रमित भइरहेको छन् । धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् । नेपालमा पनि कोरोनाको सङ्क्रमित बढिरहेको छ । यो समयमा आफ्ना बालबालिकाहरूलाई कोरोनाबाट टाढा राख्ने प्रयास गर्नुपर्छ । यदि तपाईँको बालबालिकामा कोरोनाको लक्षण देखिएमा यसो गर्नुहोस् ।

–कोभिड–१९ को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर रुघा–खोकी र ज्वरोजस्ता सामान्य लक्षण र कोभिड–१९को लक्षण उस्तै देखिन सक्छन् र हालको मौसममा धेरैलाई सामान्य रुघाखोकी मात्रै लागेको हुन सक्छ ।

–नियमित रूपमा हात धुन तथा श्वासप्रश्वासको सरसफाइका आनीबानीमा विशेष ध्यान दिँदै बालबालिकालाई खोप पनि अद्यावधिक गर्नुपर्दछ । ताकि उनीहरूलाई अन्य भाइरस तथा ब्याक्टेरियाबाट हुने सङ्क्रमणबाट जोगाउन सकियोस् ।

–आफ्ना बालबालिकामा फ्लु जस्ता श्वासप्रश्वास सम्बन्धी अन्य सङ्क्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । 

–अरूलाई सङ्क्रमणबाट जोगाउन भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक स्थानबाट टाढै रहने

फेसबुक प्रतिक्रिया