मदर टेरेसाको महान विचार, जुन तपाईँको जीवनमा प्रेरणादायी बन्न सक्छ

नेपाल दर्शन
१ जेष्ठ २०७८, शनिबार

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो।

मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन्। ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन्।

सन् १९७० सम्म उनी गरिबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्ध भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो।

उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो।

मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटीको कार्य लगातार विस्तृत भैरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियन्त्रित गरिरहेकी थिइन्। यसमा एचआईभि एड्स, कुष्ठ र तपेदिकको रोगीहरूको लागि धर्मशाला/घर सामेल थिए, र साथै सूप भान्सा, बच्चाहरू र परिवारको लागि परामर्श कार्यक्रम, अनाथालय र विद्धालय पनि थिए।

 उनको मृत्यु भने ५ सेप्टेम्बर, १९९७ मा भएको हो । मृत्यु पछि उनलाई पोप जन पल द्वितीयले धन्य घोषित गरियो र उनलाई कोलकाताको धन्यको उपाधि प्रदान गरियो।

उनले निकै प्रेरणादायी विचार हामीमाझ छोडकी छन्, जुन हाम्रा लागि आदर्श बन्न सक्छन् ।
हेर्नुहोस्

१. साना चीजहरूमा विश्वासयोग्य हुनुहोस् किनकि किनकि तपाईंको शक्ति तिनीहरूमा छ।

२. एक व्यक्ति जसलाई चाहानेवाला कोही छैन, हेरचाह गर्ने कोही छैन, जसलाई सबैले बिर्सेका छ, मलाई लाग्छ, ऊ केही खाने कुरा नभएको मानिसभन्दा धेरै भोका र गरिबीले ग्रस्त हुन्छन् ।

३. हर कोही मानिसमा कुनै न कुनै रुपमा भगवानको रुप हुन्छ ।

४.म तपाईलाई आफ्नो अर्को छिमेकी छिमेकीकोबारे मा चिन्तित हुन चाहान्छु।

५.यदि हाम्रो मनमा शान्ति छैन भने यो यो हो कि हामीले बिर्स्यौं कि हामी एक अर्काको हौं।

६.के तिमीलाई थाहा छ तिम्रो छिमेकी को हो ?

७.यदि तपाईं सय जना मानिसहरूलाई खुवाउन सक्नुहुन्न, तब मात्र एउटालाई खुवाउनुहोस्।

८.मुस्कानबाट शान्ति सुरु हुन्छ।

९.जहाँ गए पनि प्रेम फैलाउनुहोस् जो तपाईँसँग आउ ऊ खुशी भएर फर्कन्छ ।

१०.सबैभन्दा ठूलो रोग कुष्ठ रोग वा क्षयरोग होईन, बरु यो अनावश्यक हुनु सबैभन्दा ठूलो रोग हो।

११. अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो।

१२. प्रेम हर मौसम मा हुने फल हो,र हरेक व्यक्ति को पहुँचमा छ।

१३. तिमी कति काम गर्छौ त्यो महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।

फेसबुक प्रतिक्रिया