कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ। माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गाेली प्रहार भएकाे र उनकाे पेट-बाँयातिरकाे कम्परमा चाेट लागेकाे प्रहरीले जनाएकाे छ।
तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवामा गोली प्रहार भएकाे र गाेली प्रहार गर्ने समूहकाे पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ । तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको प्रहरीले बताएकाे छ।
Sorry, No Posts are found.