अक्सिजन सिलिन्डर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

नेपाल दर्शन
१६ जेष्ठ २०७८, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

चिकित्सकको परामर्शबिना अक्सिजन दिने वा माना परिवर्तन गर्न नहुने, सबै अक्सिजन सिलिन्डर ठाडो र सिधा पारेर भन्डार गर्नुपर्ने जनाइएको छ ।

यस्तै, सिलिन्डरको लेबलिङ परिवर्तन वा पुनः पेन्ट गर्न नहुने, अक्सिजन प्रयोग हुने कक्ष र वरपरका क्षेत्रका झ्याल र ढोका खुला राख्न आग्रह गरिएको छ ।

अक्सिजन सिलिन्डरको छेउमा विद्युतीय उपकरण प्रयोग गर्न नहुने, अक्सिजन राखिएको क्षेत्र वा अक्सिजन प्रयोग गर्ने बिरामीको वरपर धूमपान नगर्नलगायत मन्त्रालयले सचेत गराएको छ ।

फेसबुक प्रतिक्रिया