प्रधानमन्त्रीको कार्यकाल बढीमा २ पटक हुनुपर्छ:पुर्वसचिव उपाध्याय

नेपाल दर्शन
१७ जेष्ठ २०७८, सोमबार

भुटान किन विशिष्ट छ? नेपालका देखिएका जस्ता राजनीतिक महाविकृति त्यहाँ नआओस् भनेर भुटानले कसरी आफ्नो व्यवस्था डिजाइन गर्‍यो? भुटानको राजनीतिक विशेषता जुन विश्वमा अन्यत्र विरलै भेटिन्छ –

१. ६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ ।     

२. ग्रेजुअट नपढेका सांसद हुन पाउँदैनन् ।सबै तहमा उच्चसम्म गुणस्तरीय शिक्षा छ।

३. राजाउपर महाअभियोग लगाउने अधिकार सांसदलाई छ ।

४. राजा पनि ६५ वर्ष पछि रिटायर हुनुपर्छ ।

५. दुई दलीय राज्य व्यवस्था छ ।

६. दल फुटाउन वा परिवर्तन गर्न पाइँदैन ।

७. दुरुस्त सशक्त राज्यका संवैधानिक अङ्ग छन् ।

८. विश्वकै दोस्रो सानो संविधान छ ।

९. संविधानमा मुलुकको फरेस्ट कभर ६०% भन्दा बढी हुनुपर्ने उल्लेख छ ।अहिले ७०% पुगेको छ। कार्बन नेगेटिभ देश हो।

१०. एउटा पूरा धारा अध्यात्ममा छ ।

११. एउटा पूरा धारा संस्कृतिमा छ ।

१२. राज्यधर्म बज्रयान बुद्धिज्म भएको एक मात्र देश हो।

१३. सांसद हुन विगतमा कुनै क्रिमिनल रेकर्ड नभएको हुनुपर्छ ।

१४. जनताले नचाहँदा नचाहँदै पनि राजाले नै जनतालाई सम्झाई बुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागू गरिएको देश । नेपालमा प्रजातन्त्र पुर्बहाल भएको १९९० को १८ वर्षपछि ।

१५. मन्त्रालय र मन्त्रीको सङ्ख्या ११ वटा तोकिएको देश ।

१६. कार्ब न्युट्रल र कूल राष्ट्रिय खुसीयाली मूल नीति कायम गरी सोही आधारमा सबै नीति योजना र शासन व्यवस्थाको संयन्त्र वनेको मुलुक ।

१७. टेक्नोक्रेट र पेशाविदहरू सांसद र मन्त्री रहेको मुलुक ।

१८. विश्वमा व्याप्त लोकतान्त्रिक विकृतिलाई भुटान छिर्न नदिने संवैधानिक र कानुनी व्यवस्था भएको देश ।

१९. विदेशीहरूको हस्तक्षेपलाई पूरा नियन्त्रण गर्न हरउपाय गरिएको देश ।

२०. प्रधानमन्त्रीको कार्यकाल बढीमा २ पटक हुने देश ।

२१. सरकारले कार्यकाल पूरा गर्न पाउने देश, कुनै राजनीतिक अस्थिरताको चिन्ता गर्न नपर्ने।

२२. सबै नेशनल रिजर्भ पार्कलाई एक आपसमा जोडेर वन्यजन्तु जुन ठाउँबाट जता जान मिल्ने वन पूर्वाधार भएको देश।

२३. अन्तर्राष्ट्रिय ईस्युमा आफ्नो विज्ञताको प्रस्ट धारणा र मत दिने देश ।

२४. सबै शिक्षा र स्वास्थ्य निःशुल्क छ ।

२५. प्लास्टिक र सुर्तीमुक्त छ ।

२६. ग्रिन अर्थतन्त्र छ ।

२७. संसदमा पक्ष विपक्ष दलका अलग्गै बेन्चसीट हुँदैन, निर्वाचन क्षेत्र क्रस बमोजिम सीट रहन्छ ।

२८. निर्वाचन खर्च राज्यले नै बेहोर्छ आफूखुसी पैसा बगाएर मतदातालाई जाँडरक्सी मासु भात खुवाउन व्यापारी कर्मचारीबाट उठाएर भ्रष्टाचार गरेको पैसा दुरुपयोग गर्न पाइँदैन ।

चन्दा र घूस खोरीबाट निर्वाचन गरेपछि चर्को मूल्यवृद्धि हुनै नपाउने संयन्त्र भएको देश। नेपाल जस्तो हरेक कुरामा तन्नम् भएको देशसँग दर्जनौँ दशकसम्म पनि भुटानको तुलनै हुन नसक्ने भइसकेको छ। हामीलाई त के लाज लाग्छ र गणतान्त्रिक बालुवाटार र शीतल निवास नग्न स्ट्रिट डान्स गर्छन्, ताली ठोक्दै सित्तैमा हामी मनोरञ्जन लिन्छौँ।

(लेखक भीम उपाध्याय नेपाल सरकारका पुर्वसचिव हुन्)

फेसबुक प्रतिक्रिया