यसरी सजिलै प्रयोग गर्न सकिन्छ केराको बोक्रा

नेपाल दर्शन
२३ जेष्ठ २०७८, आईतवार

काठमाडौँ । केरा जति सर्वप्रिय छ, यो उत्तिकै वहुगुणी फल हो । केरा खान जति स्वादिलो हुन्छ, यसको बोक्रा पनि उत्ति नै बहुउपयोगी छ । केराको बोक्राका तीन उपयोगीतका बारेमा यहाँ चर्चा गरिएको छ :

१ कम्पोष्ट मल

केराको बोक्रा कम्पोष्ट मल तयार पार्न निकै उपयोगी हुन्छ । यसबाट बनाइने मलमा विरुवालाई आवश्यक क्याल्सियम,म्याग्नेसिया,सल्फर,फसफोरस,पोटासियम र सोडियम जस्ता सबै तत्वहरु पाइन्छन् ।

यसरी बनाउनुस् कम्पोष्ट मल :

-केराको बोक्रालाई स सानो टुक्रा पारेर काट्नुहोस् ।
-काटिएका बोक्राका टुक्रालाई विरुवको जराले भेटिने गरी माटोमा पुरिदिनुहोस् ।
-विरुवालाई सही तरिकाले नियमित पानी हाल्नुहोस् । कम्पोस्ट मल आफैं तयार हुन्छ र विरुवा मज्जाले सप्रिन्छ ।

२ दाँत चम्काउन

केराको बोक्रा तपाईको दाँत चम्काउन पनि उपयोगी छ । बोक्रामा हुने पोटासियम तत्वले हाम्रो दाँतमा भएका पहेंलो तत्वलाई हटाईदिन्छ । यसले गर्दा दाँत सेतो र चम्किलो हुन्छ । खानेकुरा र चिया कफीका कारण पहेंलो भएका दाँतलाई केराको बोक्राले चम्काइदिन्छ ।

यसरी चम्काउनुहोस दाँत :

-सर्वप्रथम दाँतलाई राम्रोसँग ब्रशले माझ्नुहोस् ।
-केराको बोक्राको भित्री भागपट्टिले दाँतलाई दुई मिनेट रगड्नुहोस् ।
-यस्तो प्रक्रिया केह िदिनसम्म नियमित दोहोर्याउनुहोस् ।

३ टाउको दुख्ने र माइग्रेनको उपचार

तपाईको टाउको दुखेको छ अथवा माइग्रेनको समस्या छ भने केराको बोक्राले प्राकृतिक रुपमा हटाउन मद्दत गर्दछ । केराको बोक्रामा हुने पोटासियम तत्वले यसमा औषधिको काम गर्छ । मात्र तपाईले केराको बोक्रा निधार र घाँटीको पछाडिको भागमा लगाउनुपर्छ ।

के के गर्ने ?

-सबैभन्दा पहिले केराको बोक्रालाई फ्रिज अथवा चिसो ठाउँमा राखेर झण्डै एकघण्टा चिसिन दिनुहोस् ।
-एउटा बोक्राको पत्र निधारमा र एउटा टाउकोको पछाडिको भाग गर्धनमा राख्नुहोस् । बोक्रा तातो नहुँदासम्म राखिराख्नुहोस् । टाउको दुख्ने समस्याबाट राहत मिल्छ । अझै दुखाइ कम भएन भने यही प्रक्रियालाई दोहोर्याउनुपर्छ ।

फेसबुक प्रतिक्रिया