झुक्किएर पनि रातभरि चार्ज गर्नु हुँदैन मोवाइल !

नेपाल दर्शन
२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं– कुनै बेला मोबाइल फोनको प्रयोग कुराकानी गर्न तथा म्यासेज पठाउनका लागि मात्र सिमित थियो ।

अहिले आएर यो अल इन वान इन्टरटेन्मेन्ट डिभाइस बनेको छ ।

स्मार्टफोनमा हामी कुराकानी गर्ने, गेम खेल्ने, भिडियो/फिल्म हेर्ने, अनलाइन सपिङ गर्नेदेखि लिएर अनलाइन कक्षा लिनेसम्मका कार्य गर्दछौं ।

त्यसैले अहिले हरेक स्मार्टफोनका प्रयोगकर्ताहरु आफ्नो फोनको ब्याट्रि लामो समयसम्म टिकोस् भन्ने चाहन्छन् ।

त्यसैले हामीले मोबाइलको ब्याट्रि लामो समय टिकाउनका लागि केही उपायहरु फेला पारेका छौं :

फोनलाई फूल चार्ज गर्नु हुँदैन

हामीमध्ये अधिकांश मानिसको बानी आफ्नो फोनलाई एक सय प्रतिशतसम्म चार्ज गर्ने र जिरो पर्सेन्टसम्म चलाइरहने हुन्छ ।

यदि तपाईंलाई फोनको ब्याट्रि लामो समयसम्म चलाउनु छ भने यस्तो गर्नु हुँदैन ।

तपाईंले आफ्नो फोनलाई ९० प्रतिशतसम्म चार्ज गर्न सक्नु हुनेछ ।

जब फोनको ब्याट्रि ३० प्रतिशतमा झर्छ, त्यसपछि मात्र यसलाई पुन: चार्ज गर्नु पर्छ ।

यसबाट तपाईंको फोनको ब्याट्रिको आयु बढ्छ ।

रातभरि चार्ज गर्नु हुँदैन

कहिले पनि मोबाइललाई रातभरी चार्ज गर्नु हुँदैन ।

लगातार चार्ज गर्नाले फोनको ब्याट्रिमा समस्या आउन थाल्छ ।

हुन त अहिले कतिपय स्मार्ट फोनमा ब्याट्रि फूल चार्ज भएपछि डिसकनेक्ट हुने सुविधा पनि छ, तर धेरै फोनमा यस्तो सुविधा हुँदैन ।

चार्ज गरेको बेला फोन चलाउनु हुँदैन

यदि तपाईं चार्ज गरेको बेला पनि मोबाइलमा कुनै काम गर्नु हुन्छ भने त्यसले पनि तपाईंको फोनको ब्याट्रिमा नकारात्मक प्रभाव पार्छ ।

चार्ज भैरहेको बेला फोन चलाउनाले फोनको प्रोसेसर, स्क्रिन, जीपूयू सबै सक्रिय हुन पुग्छ ।

यसका कारण फोन ओभरहीट हुन्छ, जसको प्रभाव ब्याट्रिमा पर्छ ।

ओरिजिनल चार्जरको प्रयोग

मोबाइललाई चार्ज गर्नका लागि सम्भव भएसम्म फोनसंगै आउने ओरिजिनल चार्जरको मात्रै प्रयोग गर्नु पर्छ ।

यदि तपाईसंग फोनको चार्जर उपलब्ध छैन भने जति वाट चार्जरले सर्पोट गर्छ, त्यति नै वाटको चार्जरले मात्र फोन चार्ज गर्ने कोशिश गर्नु पर्छ ।

गर्मी अथवा ह्यूमिड वातावरणमा चार्ज गर्नबाट बच्नु पर्छ

मोबाइललाई गर्मी तथा ह्यूमिड वातावरणमा चार्ज गर्नु हुँदैन ।

गर्मीमा त्यसै पनि फोनको ब्याट्रि चाँडै सकिएको हामीले अनुभव गरेका हुन्छौं, त्यसैले पनि फोनलाई हल्का चिसो कोठामै चार्ज गर्नु पर्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित खवर

    Sorry, No Posts are found.